गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी, निलम्बनमा परेका अर्याललाई योजना आयोगमा
- १० असार, २०८१, सोमबार ११:३२
- मुख्य समाचार
- न्यूज समय
काठमाडौं । सरकारले भ्रष्टाचारको मुद्दम लागेर निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर त्यता सरुवा गर्दै लीलादेवी गड्तौलालाई कायममुकायम मुख्य सचिव बनाउने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिएको संचामन्त्री रेखा शर्माले जानकारी दिइन् । अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले कायममुकायम मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् ।
आइतबार निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याललाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई त्यहाँ सरुवा गर्ने निर्णय गरिएको हो ।
यसअघि २०६३ सालमा पनि तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई विशेष दरबन्दी सिर्जना गरेर योजना आयोगमा सारिएको थियो।