संघीय संसद सचिवालयका कर्मचारीहरूको मागका विषयमा सम्बोधन गर्न कानुन मन्त्रीको संयोजकत्वमा एक समिति गठन
आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरूको माग सम्बोधन गर्न सरकारले एक समिति गठन गरेको छ ।
माननीय कानुन् मन्त्री पदम गिरीको नेतृत्वमा गठित ३ सदस्यीय समितिले कर्मचारीले उठाउँदै आएका ११ बुँदे माग सम्बोधन गर्ने विषयमा सहजिकरण गर्ने छ ।
गठित समितिका अन्य सदस्यहरुमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थ सचिव मधुकुमार मरासिनी रहेका छन् ।
कर्मचारीका मागका विषयमा आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ संग छलफल गरेका थिए ।
छलफलमा अर्थमन्त्री वर्षमान पुन, कानून मन्त्री गिरी, माओवादीका मुख्य सचेतक हितराज पाण्डे, मुख्यसचिव बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पाण्डेयको पनि सहभागीत रहेको थियो ।
यसअघि असार ३ गते पनि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुखले दलका प्रमुख सचेतकहरू सँग संघीय संसद सचिवालयका कर्मचारीहरुले राखेको माग सम्बोधन गर्ने विषयमा छलफल गरेका थिए ।
कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरे बापत सेवा सुविधा माग गर्दै संसद सचिवालयका कर्मचारीहरू गत जेठ २१ गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
न्यूज समय
९ असार, २०८१, आईतबार ००:००