नेपालमा पहिलो पटक नेपाल आँप फेस्ट २०८१ सुरु
नेपालमा पहिलो पटक नेपाल आँप फेस्ट २०८१ सुरु भएको छ । किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा पानीपोखरी स्थित वालनट बिस्ट्रोमा शुक्रबार (आज) देखि प्रथम नेपाल आँप फेस्ट २०८१ सुरू गरिएको हो ।
उपभोक्तालाई विषादी रहित स्वास्थ आँपका पहुँच पुर्याने र नेपाली किसानलाई प्रोत्साहन गर्ने उदेश्यले फेस्टको आयोजना गरिएको आयोजकको भनाई छ ।
वाहिरी आयात भन्दा स्वदेशी आँपको प्रयोगलाई बढावा दिने, विषादी रहित आँपले नेपाली नागरिकको स्वास्थ्यलाई पनि हानि नहुने सन्देश दिन पनि आज देखि ३ दिन सम्म यो फेस्टोको आयोजना गरिएको आयोजकले बताए ।
यसका लागि मालदह, जर्दा, बमोइ, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ थरीका आँप सर्लाही, सिराहा र सप्तरीका किसानबाट ल्याईने छ ।
‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ भन्ने नाराका साथ आयोजित फेस्टोमा झण्डै ३ हजार जनाले अवलोकन गर्ने र झण्डै ३० हजार किलो आँप बिक्रिहुने अपेक्षा गरिएको छ ।