गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।
६० सदस्यीय प्रदेशसभामा सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ मत परेको छ । उनले राखेको प्रस्तावको विपक्षमा २८ मत पर्यो ।
मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाको मत पाएका थिए ।
त्यस्तै विपक्षमा नेकपा एमालेका २२ र माओवादी केन्द्रको ६ मत परेको थियो ।
माओवादीबाट चुनाव लडेर निर्वाचित भएका फडिन्द्र देवकोटाले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाईे मत दिए पछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउन सफल भएका हुन् ।
देवकोटा मुख्यमन्त्रीको पक्षमा मतदान गर्न गएको देखे पछि एमाले र माओवादीका सांसदले उनि विरुद्ध नाराबाजी गरेका थिए ।