१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

बालमन्दिर जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भएका मध्य एक तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौको नक्सालस्थित बालमन्दिरको जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक जनालाई पक्राउ गरेको छ ।
शुक्रबार काठमाडौंबाट पक्राउ पर्नेमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ रहेको प्रहरीले बताएको छ ।
बालमन्दिरको जग्गालाई सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा जिल्ला आदलत काठामाडौंले २० जनालाई पक्राउ पुर्जी जारी गरेको मध्य श्रेष्ठ एक जना हुन् ।
बालमन्दिरको जग्गा प्रकरणमा २७ वैशाखमा उनि संगै २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी हुने अन्यमा बाल संगठनका तत्कालीन उपाध्यक्षहरू, योगेन्द्रबहादुर शाही, तत्कालीन महासचिवहरू गणेशदत्त श्रेष्ठ सुवासकुमार पोखरेल, श्यामकुमार आले, प्रचण्डराज प्रधान, रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य रहेका छन् ।
त्यस्तै संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णबहादुर साह, संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, वृहस्पति विद्या सदनका तर्फबाट तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी रहेका छन् ।
त्यस्तै अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, विद्या सदनका तत्कालीन सञ्चालक प्रवीणराज जोशी, ऋद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कृतिप्रसाद पाण्डे र मुरारी निधि तिवारीविरुद्ध पनि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*