पाएनन् सन्दीपले आइसिसी टी–२० विश्वकप खेल्न जाने अमेरिकी भिसा
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरीकी दुतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ ।
आइसिसी टी–२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरेका लामिछाने भिसा प्रकृयाकालागि बिहिबार दुतावास पुगेका थिए ।
अस अघि यहि जेष्ठ ९ गते अमेरिका जान भिसा प्रक्रियाकालागि दुतावास पुगेको उनलाई भिसा दिन दुतावासले अस्वीकार गरेको थियो ।
पुनः भिसाका लागि प्रक्रिया गरेका लामिछानेको समर्थनमा प्रतिनिभी सभाका केहि सांसदहरुले समेत भिसा दिन दवाव स्वरुप काठमाडौंको विभिन्न स्थानमा प्रदर्शन गरेका थिए ।
उता लामिछानेलाई भिसा नदिएको आक्रोसमा सामाजिक सञ्जालमा प्रश्न उठेपछि अमेरिकी दूतावासले भिसाबारे कुनै टिप्पणी गर्न नमिल्ने प्रतिक्रिया दिएको संचार माध्यमहरुले लेखेका छन् ।
यस अघि आइसिसी टी–२० विश्वकप २०२४ का लागि उच्च अदालतमा बलात्कारको कसुरमा जारी मुद्दाको कारण नेपाली टोलि संग लामिछाने अमेरिका जान पाएका थिएनन् ।
त्यस लगत्तै उच्च अदालतले उक्त मुद्दामा दिएको सफाई संगै नेपाल क्रिकेट संगले उनि माथी लगाईएको निलम्वन फुकुवा गर्दै खेलका लागि अमेरिका पठाउने निर्णण गारको थियो ।