१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे पुनः नियुक्त

सर्वोच्च अदालतको आदेश संगै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । संविधानको धारा १६८ (३) बमोजिम बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक भएको भन्दै पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटको सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार सुनुवाई गर्दै अधिकारीलाई हटाई ४८ घन्टा भित्र पाण्डेलाई नियुक्त गर्न आदेश दिएको थियो ।

केन्द्रीय सत्ता परिवर्तन पछि अल्पपतमा परेका नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डेले बहुमत नपुग्ने भन्दै २०८० चैत्र २१ मा राजिनामा दिएका थिए ।

पाण्डेको राजिनामा संगै प्रदेश प्रमुखले चैत्र २५ सम्म बहुमतको सरकार गठनका लागि गरेको आव्हानमा संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकारका लागि सभामुख कृष्ण धिताललाई समेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारीले २५ चैतमै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

सोहि बमोजिम अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)सहित ३१ जना सांसदको समर्थन पु¥याएर मुख्यमन्त्री नियुक्ति पाएका थिए ।

अधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च गएका पाण्डेको पक्षमा अहिले फैसला आए पछि उनि मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

अदालतको आदेश अनुसार नियुक्त भएका पाण्डेले संवैधानिक व्यवस्था अनुसार ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*