१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

काठमाडौं महानगरको योजना विरुद्ध न्यूरोड क्षेत्रका स्थानीयको विरोध प्रदर्शन

काठमाडौंको न्यूरोड क्षेत्रका स्थानीय महानगरपालिकाको योजनाको विरोध गरेका छन् । काठमाडौंको प्रमुख व्यापारिक क्षेत्रको सडक महानगरले साँघुरो पार्ने योजनाको बिरुद्ध महानगरबासीले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन समेत गरेका छन् ।

महानगरपालिकाले न्यूरोड क्षेत्रको सडकको फुटपाथलाई बढाई सडक साँघुरो पार्ने कार्य गर्ने योजनालाई विरोध जनाउँदै स्थानीयले बरु नयाँ सडक बनाउ भएको सडकलाई साँघुरो पार्नेकाम नगर भन्दै प्रदर्शन गरेका हुन् ।

त्यसो त न्यूरोड क्षेत्रको सडक साँघुरो बनाउने काम गरेको भन्दै सडक डिभिजनले असन्तुष्ट जनाएको छ । सडक विभागले गर्ने कार्य महानगरले गरेको भन्दै सडक विभागले महानगरको कार्यको विरोध जनाएको हो ।

यसै विषयलाई लिएर काठमाडौं महानगरले सडक विभागको गेटमा काठमाडौंबाट उठाईएको एक ट्रक धुलो लगेर फालेको थियो ।

महानगरको यो कार्यलाई विभागले विज्ञप्ती मार्फत गैर जिम्मेवार र क्षेत्राधिकार भन्दा बाहिरको कार्य गरेको भन्दै विरोध जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*