काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु, ज्योतिको चित्र दुईलाखमा बिक्यो
नेपाल कला परिषद् काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु भएको छ । सोमबार देखि भएको प्रदर्शनिको शिर्षक “डेटिज अफ नेपाल टूु” दिईएको छ ।
प्रदर्शनीमा नेपालका प्रख्यात कलाकारहरुका झण्डै ३ सय बढी चित्रकला तथा मूर्तिकला राखिएको छ । २० दिन सम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेश दर्शकहरुले अवलोकन गरिरहेका छन् ।
मनोरम तथा आकर्षक डिजाईनमा बनाईएका चित्र तथा मूर्तिकलाका तस्विर संगै फोटो खिचाउने तथा किन्नेहरुको पनि उत्तिकै घुईचो रहेको चित्रकार ज्योति प्रकाशले बताए ।
आफुले निर्माण गरेको एक सय आठ गणेश नामक आधुकि पेन्टिङ सोहि प्रदर्शनिबाट बिक्रि भएको पनि ज्योतिको भनाई छ ।
निकै मेहेनत गरेर निर्माण गरिएको एक सय आठ गणेशको उक्त पेन्टिङ झण्डै दुईलाखमा विक्रि भएको ज्योति प्रकाशले बताए ।
उनि भन्छन् “सवै भन्दा पछाडी प्रदर्शनीमा लगेको थिए तर सवै भन्दा पहिले बिक्रि भयो, अत्यन्त खुसी लागेको छ”
त्रिभुवन विश्व विद्यालय ललितकला केन्द्रीय विभाग कीर्तिपुरमा १० वर्ष अघि देखि अध्यापन गराउँदै आएका ज्योतिले आफुले गरेको पेन्टिङ १० लाख सम्ममा बिक्रि भएको बताउँछन् । पेन्टिङ पेशा आफ्नो पेशा मात्र नभई सोख रहेको पनि ज्योतिको भनाई छ ।
पेन्टिङ पेशा संगै ज्योतिको गायन तथा संगीतमा पनि उत्तिकै दख्खल छ । ज्योतिले गरेका संगीतहरु चर्चित कलाकार मुरलीधर, शिशिर योगी, अन्जु पन्त, रचना रिमाल जस्ता कालाकारले गायका छन् ।
रेडियो नेपालको ७४ औं बार्षिकोत्सव अवसरमा भएको प्रतियोगीतामा ज्योतिले संगीत गरेको गीत प्रथम भएको थियो ।