मालपोत तथा नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख सहित ८ जना बिरुद्द विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय र नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख सहित ८ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विशेष अदालत स्रोतका अनुसार मालमोत कार्यालयका टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मान बहादुर चन्द लगाएत ८ जना विरुद्ध मुद्दा पेरको बताईएको छ ।
उनिहरुलाई जिल्लाको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० बिगाह जग्गा फिल्डबुकमा जंगल कायम भएपनि कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको आरोप छ ।
अख्तियारमा परेको उजुरीका अधारमा गरिएको अनुसन्धानमा स्नेही रसाइली र नायब सुब्बा अग्नि बहादुर शाहीले गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, विमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हक हस्तान्तरण गरेको पाइएको छ ।
त्यस्तै उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण कागजातहरू समेत कार्यालयको अभिलेखबाट नष्ट गरेको पुष्टि भएको पनि अख्तियारको दावी छ ।
अख्तियारले मालपोत कार्यालय टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लिखित २४ करोड ६ लाख ६९ हजार सम्पत्तिको हानिनोक्सानी पु¥याएको भन्दै मोहन स्नेही रसाइली र अग्नि बहादुर शाहीविरुद्ध सोही रकम बराबरको बिगो एवै कैद र जरिवानासमेत मागदाबी गरी मुद्दा दायर भएको छ ।
यस्तै अख्तियारले नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल तथा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल र विमल बहादुर रावलविरुद्ध समेत सोही रकम बिगोका साथै कैद र जरिवाना समेत मागदाबी गर्दै मुद्दा दायर भएको विशेष स्रोतले बतायो ।