व्यास नगरपालिकामा मतदानको पुनः मत गणना गर्न उच्च अदालत पोखराको अन्तरिम आदेश
उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्ने आदेश दिएको छ ।
मतगणनामा धाँधली भएको भन्दै मेयर पदका उम्मेदवार दीपकराज जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँच जनालाई विपक्षी बनाई उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए ।
मङ्गलबार जोशीको उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल, भट्टराईको संयुक्त इजलासले अन्तिम आदेश दिदै पुनः मत गणना गर्न फैसला हो ।
गएको २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जोशीलाई प्रतिशप्रर्धी वैकुण्ठ न्यौपानेले २५२ मतको अन्तरले हराएका थिए ।
जोशीले ११ हजार ८२६ मत ल्याउँदा नगरपालिकाको बर्तमान प्रमुख (मेयर) मा विजयी न्यौपानेले १२ हाजर ७८ मत ल्याएका थिए ।