मन्त्रीपरिषदद्वारा १६ औँ पञ्चवर्षीय योजना पारित, राष्ट्रपतिले आजै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने
- १ जेष्ठ, २०८१, मंगलवार ०६:२३
- मुख्य समाचार
- न्यूज समय
मन्त्रीपरिषदको बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताईन् ।
त्यस्तै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको छ ।
मन्त्री शर्माका अनुसार ‘सम्माननीय राष्ट्रपतिज्यूद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गरे अनुसार त्यसबारेमा छलफल भई नीति तथा कार्यक्रम मन्त्रीपरिषद्को बैठकले पारित गर्ने निर्णय गरेको हो ।
सरकारको तर्फबाट मंगलबार (आज) दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तैयारी समेत भएको बताईएको छ ।