राष्ट्रपतिका आर्थिक विज्ञ डा. नेपालको राजीनामा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरन्जिवी नेपालले पदबाट राजीनामा दिएका छन् । नेपालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा भट्टराई रेग्मीले विज्ञप्ती मार्फत जानकारी दिइन् ।
एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका थिए ।
आफूले पूर्वगभर्नर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रचार गरेको र सम्मानित संस्थालाई अनावश्यक विवादमा ल्याएकामा दुःख व्यक्त गर्दै नेपालले आफ्नो भनाइ भनेर आएका सम्बन्धित विचारको नैतिक जिम्मेवारी आफैँ लिएको पनि वक्तव्यमा स्पष्ट पारेका थिए ।