१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

प्रधानमन्त्री दाहालले लिए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा संसदबाट तेस्रो पटक विश्वासको मत लिएका छन् ।
सत्ता समिकरण परिवर्तन भए संगै प्रधानमन्त्री दाहालले बुधबार (आज) संसद समक्ष आफुलाई नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मत दिन अव्हान गरेका थिए ।
२६८ जना संसद उपश्थित सभामा प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत परेको थियो । भने विश्वासको मतको विपक्ष हुन्न भन्नेमा ११० मत परेको थियो ।
उपश्थित मध्य एक जना संसद तटस्त बसेका थिए ।
नयाँ सत्ता समिकरण संगै प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, जनता समाजवादी पार्टी, एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्रपार्टी लगाएतका दलले समर्थन गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*