सरकारले तीन प्रदेशका प्रमुख परिवर्तन गर्दै
नयाँ सक्त समिरकण परिवर्तन भए संगै सरकारले तीन प्रदेशका प्रमुखहरु परिवर्तन गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखलाई हटाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकार प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माका अनुसार गण्डकीमा पृथ्वीमान गुरूङलाई हटाई त्यस ठाउँमा डिल्लीराज भट्ट, मधेसमा हरिशंकर मिश्रको स्थानमा सुभित्रा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा देवराज जोसीको स्थानमा नजिर मियाँलाई प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारी गर्ने निर्णय गरेको छ ।