मधेश प्रदेशको सुरक्षाकालागि संवेदनसिल हुन गृहमन्त्री श्रेष्ठको निर्देशन
- २५ माघ, २०८०, बिहीबार ०७:४५
- मुख्य समाचार
- न्यूज समय
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई मधेश प्रदेशको सुरक्षाका लागि संवेदनसिल भएर काम गर्न निर्देशन दिएका छन् ।
महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समीक्षा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले मधेश प्रदेशको सुरक्षाका लागि प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका हुन् ।
मधेश क्षेत्रका अधिकांश स्थानहरुमा खुल्ला बोर्डर रहेकोले विभिन्न अपराधिक घटना हुन सक्ने भन्दै त्यसलाई रोक्न सुरक्षा निकाय सधै चनाखो हुनु पर्ने पनि बताए ।
लागुऔषध नियन्त्रण र कारोबारीलाई कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन प्रदेश तथा स्थानीय सरकार संग समन्वय गर्दा बढि सफलता मिल्ने भन्दै गृहमन्त्री श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न, अबैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको जानकारी दिए ।
त्यस अवसरमा महोत्तरी तथा धनुषाका सीडीओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका मधेश प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरेका थिए ।