राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश
- २९ आश्विन, २०८०, सोमबार ०७:१६
- मुख्य समाचार
- न्यूज समय
राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले सो प्रतिवेदन पेश गरेका हुन् ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांंस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताए ।
आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पारे ।
उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर जुन प्रतिवेदन पेश गरेको छ, यसमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने विश्वास समेत व्यक्त गरे ।
प्रतिवेदन बुझाउदै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगले गरेका काम कार्वाहीको बारेमा संक्षिप्त जानकारी गराएको थिए । उनले मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरीरहेको पनि बताए ।