नेपाली कांग्रेसको १५ विभागले पायो नेतृत्व (सूचीसहित)
नेपाली कांग्रेसको १५ विभागले लामो समयपछि नेतृत्व पाएको छ । पार्टी सभापति सभापति शेरबहादुर देउवाले विभागको प्रमुखहरुको मनोनित गरेर पूर्णता दिएका हुन् ।
केन्द्रीय विभाग गठनका लागि कार्यसमितिको पछिल्लो बैठकबाट पास भएको म्यान्डेट अनुसार सभापतिले विभागको नेतृत्व तोकेका छन् । बैठकले गरेको कार्यतालिका अनुसार विभाग गठनको समयसीमा आज अन्तिम दिन थियो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णचन्द्र पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार पुष्पा भुसाललाई महिला विभाग प्रमुख तोकिएको छ ।
त्यस्तै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय विभागको प्रमुख र चीनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग प्रमुखमा चयन गरिएको छ ।
विस्तृत विवरण यस प्रकार रहेको छः
१) कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश समन्वय विभाग
२) पुष्पा भुसाल, महिला विभाग
३) चीनकाजी श्रेष्ठ, उद्योग तथा व्यापार विभाग
४) किरण यादव, तराई—मधेश समन्वय विभाग
५) योगेन्द्र चौधरी, थारु विभाग
६) गेहेन्द्र गिरी, ज्येष्ठ नागरिक समन्वय विभाग
७) आङ्गेलु शेर्पा, पर्यटन विभाग
८) डा. रणबहादुर रावल, गैरसरकारी संस्था समन्वय विभाग
९) दिलमान पाख्रिन, आदिवासी जनजाति विभाग
१०) प्रकाश रसाइली स्नेही, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११) रंगमती शाही, पिछडिएको क्षेत्र विभाग
१२) गुरु बराल, आपूर्ति तथा उपभोक्ता विभाग
१३) नानु बास्तोला, जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४) मदनकृष्ण श्रेष्ठ, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५) सीता थपलिया (उर्मिला), उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग