१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

कोशी प्रदेश एमाले पुनः सर्वोच्चमा : मुख्यमन्त्रीलाई पदमुक्त गराउने माग गर्दै रिट

हिजोमात्र विश्वासको मत प्राप्त गरेका कोशी प्रदेश मुख्यमन्त्री उद्धव थापाले प्रक्रिया मिचेर असंवैधानिक बाटो लिएको आरोप लगाउँदै नेकपा एमालेले पुनः सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गरेको छ ।

पार्टीबाट प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दायर गरेका हुन् ।

भदौ ४ गते सोमबार प्रदेश मुख्यमन्त्री थापाले सभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको कार्कीले दायर गरेको रिटमा दाबी गरिएको छ ।

उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएका कारण संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेश दिन माग गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*