१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

कोशीका उद्धव थापाले पाउलान् त विश्वासको मत ?

प्रतिपक्षका ९ जना जेष्ठ सांसदले भदौ ४ गतेका लागि संसदमा बिदा मागे

कोशी प्रदेश संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम निर्धारण भइसकेको छ । कोशी प्रदेश संसदका सभामुखले राजीनामा गरेर मन्त्री पद गाइसकेका छन् । त्यसपछि संसद सञ्चलन गर्ने उपसभामुखले पनि राजीनामा दिने हल्ला छ । उनीपछिका संसदमा जेष्ठ सदस्यहरु नौ जनाले बिदा लिएका छन् ।

यो अवस्थमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुपर्ने छ । कोशी प्रदेश संसद सचिवालय कार्यव्यवस्था शाखामा एकैपटक ९ जना सांसदले घरायशी कारण देखाएर बेग्लाबेग्लै निवेदन आइतबार नै दर्ता गराएका छन् ।

सोमबार उपस्थित हुन नसक्ने भन्दै एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदीले निवेदन नै दर्ता गराएको प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए ।

त्यसैगरी सोमबार आफू उस्थित हुन नसक्ने भन्दै राप्रपाका अम्बरबहादुर बिष्ट र गोपालबहादुर विश्वकर्माले पनि निवेदन दिएका छन् । अब नेपाली कांग्रेसका अमृत अर्यालले संसदको अध्यक्षता गर्नुपर्ने अवस्था आएको छ । अर्यालभन्दा ज्येष्ठ सांसद उद्धव थापा मुख्यमन्त्री र कमलप्रसाद जवेगु मन्त्री र गयानन्द राज्यमन्त्री भएकाले उनीहरुले सभा चलाउनु पाउँदैनन् ।

साउन १६ गते सभामुखलाई राजीनामा गराएर ४७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्त थापाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार यसको कार्यसूची भदौ ४ गतेका लागि तोकिएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित रहन सक्ने वा राजीनामा नै दिने चर्चा चलिरहेको बेला एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरु अनुपस्थित हुने भएका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने एमाले र राप्रपाको योजना छ । सभामा सभामुख र उपसभामुख नहुँदा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरुले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*