फिफा महिला विश्वकप २०२३ स्पेनले जितेको छ । इतिहासमै पहिलोपटक फाइनलको यात्रा रचेको स्पेन पहिलोपटकमै विश्व विजेता बन्न सफल पनि भयो ।
खेलको सहआयोजक राष्ट्र अष्ट्रेलियामा आइतबार भएको फाइनल भिडन्तमा स्पेनले इङ्ल्यान्डलाई १–० गोलले पराजित गर्दै महिला विश्वकपको नयाँ विजेता बनेको हो। फाइनलमा स्पेनकी कप्तान ओल्गा कार्मोना गार्सियाले निर्णायक गोल गरेकी थिइन्।
खेलको २९ औँ मिनेटमा कप्तान गार्सियाको एकमात्र गोल नै निर्णायक बन्यो । तर दोस्रो हाफमा स्पेनले पेनाल्टीको मौका पाए पनि गोल गर्नबाट चुक्दा अग्रतालाई दोब्बर बनाउन सकेन ।
जसमा खेलको ७० औँ मिनेटमा जेनिफर हार्मोसोले प्राप्त गरेको पेनाल्टीलाई सदुपयोग गर्दै गोलमा परिणत गर्नबाट चुकिन् ।
महिला विश्वकपको इतिहासमा २०२३ सम्म आइपुग्दा संयुक्त राज्य अमेरिकाले ४, जर्मनीले २ तथा जापान र नर्वेले एक एकपटक कप उचाल्न सफल भएका छन् ।
न्यूज समय
३ भाद्र, २०८०, आईतबार ००:००