संसदको अवरोध हट्ने प्रधानमन्त्रीको ठोकुवा
लामो समयदेखि अवरुद्ध संसदको गतिरोध भोलि आइतबारबाट हट्ने प्रधानमन्त्री पुष्पकमल दाहालले ठोकुवा गर्नुृभएको छ । संसदको कार्यसूचीमा प्रवेश नगरिकनै रोकिएको बैठक भोलि आइतबारदेखि अवरोध हट्ने दाबी प्रधानमन्त्रीले गर्नुृभउको हो ।
स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका दाहालले पहल भइरहेको भन्दै आइतबारदेखि अवरोध हट्ने विश्वास दिलाउनुभयो ।
संसदको गतिरोध अन्त्यका लागि आफूले विभिन्न व्यक्ति र चरणमा निरन्तर प्रयास गरिरहेको दाबी गर्दै उहाँले आज पनि संसद अवरोध अन्त्यका लागि पहलका वार्ता हुने जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालका अनुसार शनिबार साँझ पनि प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल राखिउको छ । यसबाट संसद गतिरोध खुलाउन प्रयास हुने आइतबार संसद सूचारु हुने उहाँको भनाइ थियो ।
संसदको गतिरोध अन्त्यकै सिलसिलामा प्रधामन्त्रीले बिहीबार पनि सभामुखसँग प्रधानमन्त्री कार्यालयबालुवाटारमा भेट भएको थियो । सो बैठकमा सभामुखले संसद गतिरोधको अवस्थाबारे जानकारी गराउनुभए्को थियो ।