क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
- ३२ श्रावण, २०८०, बिहीबार ०५:५२
- मुख्य समाचार
- न्यूज समय
नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजबाट सुनुवाइ सुरु भएको छ । लामिछानेमाथि फैसलाको चरणमा रहेको सन्दीप मुद्दामा आज पहिलो नम्बरको पालोमा रहेको छ । सो मुद्दाको सुनुवाइ जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा भएको हो ।
प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा राखिएको अदालत स्रोतले जनाएको छ । त्यसैले अरु कुनै बहानाबाजी नभए आजबाट नियमित सुनवाइ सुरु हुने अनुमान गर्न सकिन्छ । लामिछानेका वकिलहरुले आजै फैसला होस् भनेर माग गरेका छन् ।
नेपाली खेल जगतमात्र नभई मुलुककै चर्चित मुद्दा रहेकोमा अनेकपटक पेसी चढेर सुनवाइ स्थगित भइरहेको थियो । एकपटक सुनवाइ भएर पनि न्यायधीसले हेर्दा हेर्दैमा नराखेपछि यो स्थगन भएको थियो ।
सन्दीपको मुद्दा जतिसक्यो चाडो फैसला होस भनिएको छ । यो मुद्दाको छिनोफानो नभएको अवस्थामा सन्दीप एसियन कप खेलबाट वञ्चित हुनुपर्ने अवस्था छ । जुन खेलमा नेपालले भारत र पाकिस्तानको सामना गर्ने छ ।