चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौंमा, प्रधान सेनापति शर्मा भरत जाँदै
चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ । तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वमा आठजनाको टोली काठमाडौं आएको हो । उनीहरूले काठमाडौं ओर्लिए लगत्तै नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ । उनीहरुबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । भेटका क्रममा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जनाइएको छ ।
चिनियाँ सैनिक अधिकारीको टोलीको स्वगतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए । चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइहरूका भ्रमण गर्नेछ ।
यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन्। शर्माले कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ। भ्रमणका क्रममा उनले भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाले सम्मान पाउने कार्यक्रम रहेको छ। उनले भ्रमणका क्रममा समकक्षी जनरल नरवढेलगायत भारतीय सेनाका विभिन्न सुरक्षा अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।