१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल ब्रेक थ्रु

मुलुकको पहिलो भूमिगत मार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्गअन्तर्गतको रेस्क्यु टनेल सोमबार ब्रेक थ्रु भएको छ ।

२०६६ कात्तिक ४ गते विधिवत शिलान्यास गरेर निर्माण अघि बढेको रेस्क्यु टनेल वारपारको काम सोमबार छिचोलेको हो । निर्माण सुरु भएदेखि नै सिस्नेखोला र नागढुंगा दुवैतर्फबाट टनेल सुरु गरिएको थियो ।

टनेलको सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ब्रेक थ्रु (प्वाल छिचोलेको हो । यसको लम्बाइ २.५ किलोमिटर रहेको छ ।

मुख्य सुरुङमार्ग २.६ किलोमिटर टनेलको काम पनि अब करिब करिब सकिएको प्राविधिकहरुले जानकारी दिए । कुल कामको अब १८ प्रतिशतमात्र प्वाल छिचोल्न बाँकी रहेको आयोजनाको भनाइ छ । मुख्य टनेल पनि अब ५०६ मिटरमात्र छिचोल्न बाँकी रहेको छ ।

यो टनेलको अध्ययन भने सन् २०१४ मा भएको हो । तर यसका लागि स्रोतको सुनिश्चितता भने सन् २०१६ मा मात्र भयो । त्यसपछि २०१७ मा डिजाइनको काम थालिएको थियो । जापानिज सहयोगमा बन्ने यो आयोजनाको काम पनि जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले लिएको थियो । यो कम्पनीले कोटेश्वर–सूर्यविनायक खण्ड बिस्तार तथा वीपी राजमार्ग पनि बनाएको हो ।

यो सुरुङमार्गका लागि करबाहेक साढे १३ अर्ब रुपैयाँमा ठेक्का लागेको थियो । यसका लागि त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्गसमेत बनिरहेको छ ।

सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुखनजिकै २ वटा फ्लाइओभर पनि बन्दै छ । गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो हुने आयोजना स्रोतले जानकारी दियो । सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत २२ अर्बभन्दा बढी लाग्ने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*