गर्भवतीको मृत्युले भरतपुरको मनकामना अस्पतालमा तनाव
- २० श्रावण, २०८०, शनिबार ०४:५७
- मुख्य समाचार
- न्यूज समय
चितवन भरतपुरस्थित मनकामना अस्पतालमा एक गर्भवती महिलाको उपचारको क्रममा मृत्यु भएको छ । तीन महिने गर्भवती ती महिला अत्यधिक रक्तश्रामका कारण केही दिनदेखि उपचाररत थिएन । गर्भवतीको मृत्यु भएपछि अस्पतालमा मृतकका आफन्तले तनाव सिर्जना गराएका छन् ।
मृतक महिला भरतपुर महानगरपालिका– २६ की ३२ वर्षीया नविना महतो रहेको जिल्ला प्रहरीले जनाएको छ । रक्तश्रावले पीडित महिलाको उपचारमा लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरु अस्पताल घेराउ गर्न पुगेका हुन् । ती गर्भवतीको अस्पतालले शुक्रबार दिउँसो अपरेशन गरेको थियो । सामान्य रक्तश्रावमा समेत अस्पतालले हेलचेक्र्याइँ गर्दा मृत्युको अवस्था आएको आफन्तको भनाइ छ ।
गर्भवतीको मृत्यु भएलगत्तै अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन लागेको पीडितको परिवारको आरोप लगाएका छन् । त्यसपछि मृतकका आफन्त र अस्पताल व्यवस्थापनबीच विवादमा अस्पतालको गेटमा चाबी लगाइएको छ । मृतकका आफन्त अस्पताल परिसरमा बाक्लिएपछि रातिदेखि नै प्रहरी परिचालन गरिएको छ ।