माओवादी पदाधिकारी बैठक : के छन् एजेण्डाहरु ?
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक बुधबार बसेको छ । सो बैठकले आजै बिहान ११ बजेबाट सुरु हुने केन्द्रीय कमिटीमा पेश हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप बताइएको छ ।
पदाधिकारी बैठकले राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गर्नुका साथै समसामयिक विषयमा पनि धारणा बनाउने एक पदाधिकारीले बताए । लामो समयदेखि बस्न नसकेको केन्द्रीय कमिटी बैठकको तयारीको रुपमा बिहानको बैठकलाई मानिएको छ । केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा हुनेछ ।
माओवादी केन्द्रको आगामी मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्यगरी बैठक केन्द्रीय रहने स्रोतले जनायो ।