१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

भ्रष्टाचारविरुद्धको अभियान रोकिदैन, अझै थुप्रै फाइल खुल्दै जानेवाला छन् : प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको अभियान अघि यतिकै नरोकिने भन्दै आउने दिनमा अरू थुप्रै फाइल खुल्दै जानेवाला भएको बताएका छन् । आइतबार ललितपुरको च्यासलमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा उनले बेथितिविरुद्ध जेहाद छेडिएको बताए ।

उनले भने– ‘भ्रष्टाचारविरोधी या राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने बेथितिका विरुद्ध या तस्करीका विरुद्ध एउटा जेहाद छेडिएको छ,” उनले भने, “यो कदम यही रोकिनेवाला छैन । यो कदम निरन्तर अघि बढ्नेवाला छ ।’ उनले यो कुनै आवेग र स्टन्ट नभएको पनि बताए । ‘कुनै आवेगको कुरा होइन । यो राजनीतिक स्टन्टको कुरा होइन,’ प्रधानमन्त्री प्रचण्डले भने । उनले आउँदा दिनमा अरू फाइल खोल्दै जाने उल्लेख गरे ।

जनता पनि साथमा भएपछि ब्याटल जितिने उनको भनाइ छ । ब्याटलमा लामबद्ध हुन उनले आग्रह पनि गरे । नयाँ युगको परिकल्पना साकार पार्न सबैको साथ आवश्यक रहेको उनले बताए । सत्ता गठबन्धनमा फाटो ल्याउन समाजवादी मोर्चाका नेताहरूमा भ्रम सिर्जना गर्ने षड्यन्त्र भइरहेको जिकिर उनले गरे । एकार्कालाई विश्वास दिलाउँदै अघि बढ्ने उनले स्पष्ट पारे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*