१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

आज ४१ औं बीपी स्मृति दिवस


प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईदैछ । बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, भातृ संस्था र बीपी संग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्दैछ ।

बीपी स्मृति दिवसका अवसरमा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुन्दरीजलमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम राखेको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

विक्रम संवत् २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । १ महिनापछि सिंहदरवारबाट लगेर सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विक्रम संवत् २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । विक्रम संवत् २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका थियो ।

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पर्‍याए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’,‘मोदी आइन’,‘हिटलर र यहुदी’,‘सुम्निमा’,‘नरेन्द्रदाई’,एवं ‘बाबु, आमा र छोरा’ गरी चर्चित ६ उपन्यास प्रकाशित छन् । यसैगरी २ कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’,हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*