ललिता निवास प्रकरणमा सचिव राउतलाई थुनामुक्त आदेश
- ५ श्रावण, २०८०, शुक्रबार ११:४४
- मुख्य समाचार
- न्यूज समय
बहुचर्चित ललिता निवास जग्गा प्रकरणका आरोपी नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश जारी गरेको छ ।
जग्गा प्रकरणमा दोषी भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोले केही महिनाअघि नियन्त्रणमा लिई थुनामा राखेको थियो । तर राउत परिवारले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज बसेको इजलासले उनलाई थुनाबाट मुक्त गर्न आदेश दिएको हो । यसमाथि रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको को संयुक्त इजलासले राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको आदेशमा उल्लेख छ ।
तर यस मुद्दाको अनुसन्धान नसकिएसम्म नेपाल बाहिर जान भने रोक लगाएको छ । सर्वोच्चले परमादेशमा मुुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न पनि भनिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउतलाई असार २४ गते ललितानिवास जग्गा प्रकरणमा छानबिनका लागि भन्दै सीआईबीले नियन्त्रणमा लिएको थियो ।