स्वतन्त्र रेडियोहरुले गरे सुरेश अधिकारी बहिष्कार
- ५ श्रावण, २०८०, शुक्रबार ११:२१
- मुख्य समाचार
- न्यूज समय
संगीतकार सुरेश अधिकारीको फेसबुक स्टाटस बाहिर आएसँगै स्वतन्त्र रेडियोहरुले बहिष्कार गरेका छन् । स्थानीयस्तरमा सञ्चालित सामुदायिक एफएम रेडियो तथा निजी रेडियोका सञ्चालकहरुले संगीतकार अधिकारीका कुनै पनि गीत नबजाउने निर्णय गरेका हुन् ।
रेडियोहरुको छाता संगठनका नेतृत्वहरुले बिहीबार संयुक्त विज्ञप्ति निकालेर यसबारे घोषणा गरेका थिए । सो विज्ञप्तिमा नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठनहरु सामुदायिक रेडियो प्रसारक संघ नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
नेपाल सरकारसँग आमसञ्चार गृहको सुरक्षा मागसमेत गरिएको पत्र अकोराब अध्यक्ष अर्जुन गिरी, आरबीएफ अध्यक्ष आरके श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराईले जारी गरेका हुन् ।
उनीहरुद्वारा जारी विज्ञप्तिमा संगीतकार अधिकारीको स्टाटसप्रति आपत्ति जनाइएको छ । सो अभिव्यक्ति अत्यन्त अमर्यादित, गालीगलौज, मानमर्दन र भ्रम सिर्जना गराउको उनीहरुको ठहर छ ।
नेपाली संगीत क्षेत्रका चर्चित संगीतकारजस्तो व्यक्तिबाट यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति आउनु कुनै पनि हालतमा सभ्य समाजमा सहाउँदो छैन । यो समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउनेखाल हो । यसले सञ्चारमाध्यम र श्रष्टाबी दूरी बढाएको विज्ञप्तिको ठहर छ ।
संगीतकार अधिकारीको फेसबुक पेजमा ‘संगीत रोयल्टी संकलन समाज’ को नामबाट जारी स्टाटसमा आमसञ्चार गृहका उपकरणहरुसमेत उठाउने अभिव्यक्ति दिइएको भन्दै स्वतन्त्र रेडियो सञ्चालकहरुको छाता संस्थाहरुले खेद व्यक्त गर्दै सरकारसँग सुरक्षाको मागसमेत गरेका छन् ।
के छ अधिकारीको स्टाटसमा