कांग्रेस बैठक आज पनि जारी : केन्द्रीय सदस्यहरुले बोल्ने
पार्टी केन्द्रीय कार्यालय बीपी नगर सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहेको छ । मंगलबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।
बैठकको पहिलो दिन विभिन्न प्रस्तावहरु प्रस्तुत गरेका थिए । दोस्रो दिन हिजोबाट केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्न थालेका छन् । बोल्ने वक्ताहरुले पार्टी भित्र मौलाउँदै गएको गुटगत भावनाप्रति असन्तोष जाहेर गरेका थिए । हिजो ४६ जनाले धारणा राखेका थिए
केन्द्रीय सदस्यसहित हिजो प्रदेश समिति सभापतिहरूले पनि बोलेका थिए । उनीहरुले पार्टी संरचनालाई चुस्त दुरुस्त बनाउन बनाउन नेतृत्वलाई सुझाव दिए । प्रदेश कमिटीलाई पार्टी संरचनामा प्राथमिकता नपारेकोमा उनी रुष्ट देखिन्थे ।
वडादेखि केन्द्रसम्म संरचना बनाए पनि कांग्रेस नेतृत्वमा केन्द्रिकृत मानसिकता अझै कायम रहेको उनीहरुको आरोप थियो । प्रदेश समितिहरुलाई बेवास्ता गरिएको पार्टी विधि र विधानअनुरुप चल्न नसकेको गुनासो बोल्ने अधिकांश नेताको थियो ।