२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

कांग्रेसले एक वर्षमा ७ लाख सदस्य थप्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको काठमाडौंमा सुरु बैठकले आगामी एक वर्षभित्र ५ देखि ७ लाख नयाँ पार्टी सदस्य थप्ने लक्ष्य लिएको छ । यसका लागि ‘‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने कार्यसमितिमा प्रस्ताव आएको हो ।

केन्द्रीय कार्यालय सानेपामा मंगलबार सुरु बैठकमा महामन्त्री गगनकुमार थापाले यस्तो प्रस्ताव राख्नु भएको हो । उहाँको प्रस्तावमा आउँदो २० साउन २०८१ को असार ३१ सम्म अभियान चलाउने गरिने छ ।

नेपाली कांग्रेसको २०७८ मा सम्पन्न १४ औं महाधिवेशनमा पार्टी सदस्य ८ लाख ६६ हजार थिए । थापाको प्रस्ताव पास भएर सो लक्ष्य प्राप्त भएको अवस्थामा १५ लाखको हाराहारीमा सदस्य संख्या हुने छ ।

अब थपिने नयाँ सदस्यताका लागि कांग्रेसले अनलाइनबाट फर्म वितरण गर्ने प्रणाली थाल्ने छ । यसलाई समयअनुसार अझ प्रभावकारी बनाउँदै लग्नु पर्ने महामन्त्री थापाको प्रस्तावमा छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*