पेट्रोलदेखि खाना पकाउने ग्याससम्मको मूल्य घट्यो

न्यूज समय

नेपाल आयल निगम लिमिटेडले पेट्रोलदेखि खाना पकाउने इन्धनसम्मको मूल्य घटाएको छ । आइतबार रातिबाट लागू हुनेगरी घटाइको मूल्यमा हवाई इन्धनको भने यथावत राखिएको निगमले जनाएको छ ।

पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँले घट्दा मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटेको छ ।

जसअनुसार अब पेट्रोल प्रतिलिटर क क्षेत्रमा १६१.५०, ख क्षेत्रमा १६३ र ग क्षेत्र काठमाडौंलगायत सहरी बस्तीमा १६४ रुपैयाँ कायम गरिउको छ । त्यस्तै, मट्टितेल र डिजलको प्रतिलिटर नयाँ मूल्यअनुसार क क्षेत्रमा १४३.५०, ख क्षेत्रमा १४५ र ग क्षेत्रमा १४६ रुपैयाँ पर्ने भएको छ ।

एलपी (खाना पकाउने) ग्यासमा पनि प्रतिसिलिन्डरमा १० रुपैयाँले कमी आएको छ । अब एलपीजीको नयाँ मूल्य १७९० रूपैयाँ कायम भएको निगमले पत्रकार सम्मेलनमा जनाएको हो ।