भ्रष्टाचारीलाई कारबाही गर्न सहयोग गर्न तयार छौं : लामिछाने
मुलुकका भ्रष्टाचारलाई कारबाही गर्न आफ्नो पार्टी सरकारलाई हरसमय सघाउन तयार रहेको रास्वपा सभापति रवि लामिछानेले बताउनु भएको छ ।
देशलाई खोक्रो पार्ने विरुद्ध प्रधानमन्त्री र गृहमन्त्रीलाई खुट्टा दह्रोसँग टेक्न उहाँले आग्रह गर्नुभएको छ । पार्टीको बुढानीलकण्ठ नगरस्तरीय भेलालाई सम्बोधन गर्नेमा उहाँले भन्नुभयो, ‘हाम्रो साथ चाहिएमा जुनसुकै बेला जहाँसुकैबाट आह्वान गर्नुहोस् हामी तयार छौं ।’
रास्वपा संसदमा प्रतिपक्षी बेन्चमा भए पनि भ्रष्टाचारविरुद्ध सत्तापक्षीय भएर सहयोग गर्न तयार रहेको उहाँको कथन थियो । भ्रष्टाचारविरूद्धमा भ्रष्टलाई कठघरामा उभ्याउन हाम्रो सहयोग चाहिए भन्न उहाँले आग्रह गर्नुभयो ।
सरकारले भ्रष्टाचारको फाइल खोल्ने कामको सुरुवात गरे पनि वास्तविकतामा पुग्न सकेको छैन । त्यो फाइल खोल्नु र चलाउनु फरक भएको भन्दै रास्वपा संसदीय दलका नेता लामिछानेले भन्नुभयो, ‘फाइल चलाएको मात्र हो भने खबरदार, खोलेको नै हो भने स्याबास । हामी छौँ कसैलाई पनि नछोड्नु ।’
अहिलेको सन्दर्भमा सानातिनालाई समाएजस्तो गरेर तर्साएजस्तो नहोस् । कसैलाई तर्साएर सरकार र सत्ता टिकाउने कुचेष्टा भ्रष्टाचारको फाइल बन्नु हुन्न ।’