लु आइपुगे काठमाडौं : नेताहरुसँग भेटघाट हुँदै
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू केही घन्टाको बसाइँका लागि नेपाल आएका छन् । उनको केही घन्टाको नेपाल बसाइँमा नेपालका केही नेताहरुलाई भेट्ने छन् ।
मध्य तथा दक्षिण एसिया मामला हेर्ने अमेरिकी विदेशमन्त्री डोनाल्ड दक्षिण एसियाली भ्रमणका क्रममा नेपाल पनि छिरेका हुन् । उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको छ ।
यस्तै नेपालका परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर द्विपक्षीय सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ । यो भेट साँझ ४ बजेलाई तय गरिएको अमेरिकी दूताबास स्रोतले जनाएको हो ।
लुले नेताहरुसँगको भेटका क्रममा अघिल्लो वर्ष लागू भएको एमसीसी कार्यान्वयनको पक्षमा कुराकानी गर्ने अनुमान गरिएको छ । उनी यो विषयमा यसअघि २ पटक नेपाल आएका थिए ।