दुर्घटनाग्रस्त मनाङको हेलिकप्टर भेटियो

न्यूज समय

सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान उढेको मनाङ एयरको (एनए–एमभी) हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय लामजुरा पास नजिकै दुर्घटनाग्रस्त फेला परेको हेलिकप्टरमा ६ जना यात्रु सवार थिए ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । उनीहरुको शवसमेत फेला परेको छ तर पहिचान भने हुन सकेको छैन । अर्का एक यात्रु फेला परेका छैनन् । उनी जीवित वा मृत कुन अवस्थामा छन् केही थाहा नभएको घटनास्थल पुगेका प्रहरले बताए ।

प्रहरीसहित घटनास्थल पुगेकाले उद्धारको काम गरिरहेका छन् । रहेको छ । हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।