शीर्ष तीन नेताको बैठक : सदन खुलाउने बाटोको खोजी
- २४ असार, २०८०, आईतवार ०६:३९
- मुख्य समाचार
- न्यूज समय
सिंहदरबाटमा शीर्ष तीन नेताबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको बैठक केही दिनदेखि सञ्चालन हुन नसकेको सदन खुलाउनेमा केन्द्रित रहने बताइएको छ ।
प्रधानमन्त्री कार्यालयमा भएको सो छलफल मुख्यगरी पछिल्लो ४ दिनदेखि अवरुद्ध संसद सञ्चालनको बाटो खोजिने छ । प्रधानमन्त्री दाहालको अभिव्यक्तिपछि अबरुद्ध संसद आज पनि राष्ट्रिसभा बैठक एमालेको अबरोधका कारण सञ्चालन हुन सकेन ।
नेपालमा पहिलोपटक ट्रक ल्याउने सरदार प्रितम सिंहको जीवनीमा आधारित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिप्रति नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले विरोध जनाउँदै आएका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक–पटक दिल्ली गएको भन्ने सार्वजनिक अभिव्यक्तिप्रति नेपाली कांग्रेसका पनि केही नेतादेखि सांसदहरुले आपत्ति जनाएका छन् ।