नेपाली रकगायक रोविन तामाङको हिजो मंगलबार राति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उहाँ साँझ आफ्नै कोठामा मृत भेटिनु भएको थियो ।
तामाङको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उहाँकी दिदीले भाइको निधन भएको खबरपछि प्रहरीको टोली घरमा पुगेको थियो । पोस्टमार्टमका लागि शव अस्पताल लगिए पनि उहाँको मृत्युमा कुनै शंकास्पद संकेत नदेखिएको प्रहरी स्रोतले जनाएको छ ।
रविन एण्ड द रिभोलुसन ब्याण्डका मुख्य गायक रहनु भएका तामाङ केही वर्षदेखि चलचित्र अभिनयमा समेत लाग्नु भएको थियो । रक गायनमा धेरै चर्चा कामाउनु भएका उहाँले ‘छड्के २’ चलचित्रमा अभिनय गर्नुभएको छ ।
न्यूज समय
२० असार, २०८०, बुधबार ००:००