प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आयोजना गर्नु भएको प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको बैठक सकिएको छ । उच्चस्तरीय बैठकमा लामो समयदेखि थाती रेको संसदीय समितिका समापति चयन तत्काल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
सभामुख घिमिरेका अनुसार शीर्ष नेताले संसदीय समितिको सभापति चयन तत्कालै गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
‘अब हाम्रो ध्यान (बजेट पनि पारित भएकाले) संसदीय समितिको नेतृत्व चयन गर्नेतर्फ जाने छ,‘ बैठकपछि सभामुखले नेताहरुको प्रतिबद्धताबारे जानकारी दिँदै भन्नुभयो, ‘छिट्टै नै समितिले नेतृत्व पाउँछ।!
समितिको नेतृत्व चयन नहुँदा अहिलेका बैठकहरुको सञ्चालन ज्येष्ठ सदस्यबाट हुँदै आएको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न सकेको छैन।
न्यूज समय
१९ असार, २०८०, मंगलबार ००:००