नारायगढ–मुग्लिन सडक सञ्चालनमा

न्यूज समय

निरन्तरको वर्षासँगै ठाउँठाउँमा गएको पहिरोले अवरुद्ध नारायगढ–मुग्लिन सडक १९ घन्टापछि सञ्चालनमा आएको छ । शुक्रबारबाट पटक पटक अवरुद्ध हुँदै गएको सडक आज बिहानबाट दुईतर्फ सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना–५ मा सोमबार बिहानै झरेको पहिरो पन्छाएर यातायात सुचारु गरिएको चितवन प्रहरीले जनाएको छ । गत शुक्रबार दिउँसो १ बजेदेखि बन्द सडक शनिबार राति १ सञ्चालन गरिए पनि पुनः पहिरो झरेर यातायात पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जना ट्रक चालक घाइते भएका थिए भने एउटा कारको आधा भाग पुरिएको थियो । एउटा ट्रक पहिरो गएको स्थानमै पल्टिएको छ ।