नारायणगढ–मुग्लिङ सडकको ठाउँ ठाउँमा झरेको पहिरोले ३ दिनदेखि सडक यातायात अवरुद्ध छ । सडक खण्डको जताततै पहिरो जाँदा सर्वसाधारण सास्ती व्यहोर्न बाध्य भएका छन् ।
सो सडकको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा बिहानको समय पुनः पहिरो गएको छ । यही ठाउँमा बिहीबार दिउँसो १ बजेबाट पहिरोका कारण अवरुद्ध सडक राति १ बजे खुला गरिएको थियो । फेरि अर्को ठाउँमा पहिरो गएर यातायात चल्न सकेको थिएन ।
त्यो पहिरो सफा गरेर शुक्रवार साँझ ५ बजेबाट सञ्चालनमा आएको यातायात पुनः पहिरो खसी अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।
बिहीबार दिउँसोबाट सड अवरुद्ध हुँदा यात्रुहरु लामो समयदेखि अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहे पनि पानी पर्ने र पहिरो जाने क्रम नरोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्नसमेत प्रहरीले सुझाएको छ ।
न्यूज समय
१६ असार, २०८०, शनिबार ००:००