नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा गठित समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दैछ । मोर्चाको गठन २ साताअघि भएको थियो ।
मोर्चामा संसदमा प्रतिनिधित्व गर्ने माओवादी केन्द्रसहित माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी र संसद बाहिरको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी पार्टी आवद्ध छन् ।
बैठकले मोर्चाका आगामी कार्यक्रमहरू तय गरिने प्रधानमन्त्रीसमेत रहेका दाहालको सचिवालयले जानकारी दिएको छ । आजकै बैठकले मोर्चालाई जिल्ला र वडा तहसम्मै पुर्याउने जनाइएको छ ।
न्यूज समय
१६ असार, २०८०, शनिबार ००:००