२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

आज ६४ औं संसद दिवस

आज ६४ औं संसद दिवस । ६४ वर्ष अघि आजकै दिन २०१६ साल असार १६ गते प्रजातान्त्रिक नेपालको पहिलो संसद बैठक बसेको थियो । सोही दिनलाई नेपालमा संसद दिवसका रुपमा मनाउन थालिएको हो ।
सात सालको क्रान्ति सफल भएको झण्डै आठ वर्षपछि मात्र संसद सुरु भएको थियो ।

प्रतिनिधिसभाको निर्वाचन भने २०१५ साल फागुन ७ गतेबाट प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न गर्ने क्रममा चैत्र २८ गते ४५ दिनमा मात्र सकिएको थियो । अन्तिम मतपरिणाम आउन भने पूरै एक महिना लाग्यो । जसअनुसार २०१६ वैशाख २८ गते अन्तिम मतपरिणाम घोषणा भयो ।

यसरी निर्वाचित प्रतिनिधिसभाका सदस्यहरूको बैठक २०१६ साल असार १६ गते बसेको थियो । सोही कारण नेपालमा पहिलोपटक संसद बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ ।

“संसद दिवस– २०८०” को अवसरमा वर्तमान संसदका सभामुख देवराज घिमिरेले शुभकामना सन्देश जारी गर्नुभएको छ ।
संसद दिवसका अवसरमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा पटक पटक गरिएका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो प्राणको आहूति गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरुप्रति श्रद्धा अर्पण गर्दै उहाँहरुको समर्पण, साहस र बलिदानको स्मरणसाथ संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्थाको रुपमा अविच्छिन्न स्थापित गर्न प्रेरणा मिलोस् भन्ने समेत कामना गर्नुभएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*