रोकिएन नारायणगढ–मुग्लिन सडकको पहिरो
- १५ असार, २०८०, शुक्रबार ०२:५४
- मुख्य समाचार
- न्यूज समय
हिजो दिउँसो साढे १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुल्न सकेको छैन । सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको पानी र सुख्खा पहिरो झरिरहँदा पूर्ण रुपमा अवरुद्ध भएको हो ।
मध्य रातमा चितवनको इच्छाकामना गाउँपालिका ५ मा पनि सुख्खा पहिरो झर्दा दुईतर्फी बाटो अवरुद्ध भएको छ । हिजो गएको पहिरो राति १ बजेतिर खुलाइए पनि अर्को पहिरो गएर आवतजावत हुन नसकेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सयौं गाडी रोकिँदा हजारौं यात्रु अलपत्रमा परेका छन् । पहिरो अझै नरोकिएकोले अवरोध हटाउन समस्या भएको छ ।