तरुण दलले पायो पूर्णता

न्यूज समय

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल हिजो राति पूर्णता पाएको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गए राति मनोनित गर्नु भएको जम्बो तदर्थ समिति ४०० सदस्यीय बनेको हो ।

अघिल्लो वर्ष ०७८ चैत ९ मा विद्वान गुरुङ अध्यक्षतमा गठन भएको दलले अहिलेसम्म पूर्णता भने पाएको थियो । तरुण दलमा पार्टी सभापतिले सातै प्रदेश र प्रायः सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी जम्बो तदर्थ समिति बनाइएको हो ।

कांग्रेस कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले पार्टी सभापतिको हवाला दिँदै जारी गरेको नामावलीमा ४०० युवाहरुको नाम समावेश गरिएको छ ।

पार्टीभित्रका सबै क्षेत्र, गुट–उपगुट र नेताहरुको सिफारिस समावेश गर्दा केही ठूलो संख्या भएको कांग्रेस एक नेताले जानकारी दिनुभयो । आपसी विवादकै कारण अन्य भातृ संस्थामा जस्तै तरुण दलले पनि लामो समयदेखि महाधिवेशन गर्न सकेको छैन ।