१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

फेरिएला त कोशी प्रदेश सरकार

एमाले नेतृत्वको कोशी प्रदेश सरकार रहने वा बाहिरे आज निर्णयमा पुग्ने छ । पुस १० गते केन्द्रीय राजनीतिक समिकरणपछि बनेको हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार आजको दिनसम्म टिकिरहेको छ । तर अन्य प्रदेशमा भने केन्द्रीय राजनीतिक समीकरण फेरिएसँगै प्रदेश सरकार पनि बदलिएका छन् ।

उतिबेलाको सत्तासाझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै हिक्मत सरकार अल्पमतमा परेको छ । तर उसको अर्को साझेदार राप्रपाले भने समर्थन कायमै राखेको छ ।

राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता तथा तथा कृषि उद्योग सहकारी तथा पूर्वाधार मन्त्री भक्ति सिटौलाले मुख्यमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताउनु भएको छ । आज प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने छन् । मन्त्री सिटौलाले मुख्यमन्त्री कार्कीले सभाको बैठकमा विश्वासको मत पाउने दाबी गर्नुभयो ।

तर प्रदेशसभामा कायम नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् । मतका लागि कार्कीले भने लिखित अनुरोध गरेर पत्र पठाउनु भएको छ ।

हिक्मत सरकारले यसअघिको सत्ता साझेदार जसपाले जेठ १९ गते यो विश्वासको मत फिर्ता लिएको थियो । यस्तै माओवादीले पनि जेठ २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

९३ सिट रहेको प्रदेश सभामा विश्वासको मत लिन ४७ सिट आवश्यक पर्दछ । सत्ता साझेदार राप्रपासँग ६ र एमालेसँग ४० गरेर ४६ सिट रहेको छ ।

सरकारको विपक्षमा रहेको काँग्रेसको २९, माओवादीसँग १२, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सिट छ । कोशी प्रदेश सभाका सभामुख भने माओवादीबाट रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*