काठमाडौं महानगरपालिकाको वार्षिक बजेट साढे २५ अर्ब
- १० असार, २०८०, आईतवार ११:४८
- मुख्य समाचार
- न्यूज समय
संघीय राजधानी अवस्थित काठमाडौं महानगरपालिको वार्षिक बजेट साढे २५ अर्बभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि आइतबार महानगर उपप्रमुख सुनिता डंगोलले जारी गरेको बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको रहेको छ ।
सार्वजनिक बजेटमा चालूतर्फ ८ अर्ब ६१ करोड ५३ लाख र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख रुपैयाँ रहेको छ ।
नगरसभाको बैठकमा उपप्रमुख डंगोलद्वारा घोषणा गरिएको बजेटमा सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात छ । जसअनुसार यतिबेला महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड देखाइएको हो ।
महानगरपालिकाले सबैभन्दा धेरै शिक्षामा ७ अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ स्वास्थ्यका लागि ९२ करोड रुपैयाँ विनियोजन गरेको छ ।