प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जनजातिको अहित हुने गरी कुनै काम नगर्ने बताएका छन् ।
मगर समुदायको भूमे पर्वका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले जनजातिलाई फुटाएर देशलाई कुनै हित नहुने बताए ।
पछाडि परेका जातजाति, वर्ग समुदायको संघर्ष र बलिदानीबाटै नेपालमा लोकतन्त्र प्राप्तिसम्मका आन्दोलन सफल भएको भन्दै प्रधानमन्त्री दाहालले जनजातिका जातजातिहरूलाई अलग गरेर तथ्यांक संकलन भएको भन्ने बारे आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिए ।
यदि जनजातिको मर्ममा आधात पुग्ने गरी कुनै त्यस्तो काम भएको भए सरकार त्यसलाई सच्चाउन तैयार रहेको पनि प्रधानमन्त्री दाहालले बताए ।
भूमे पर्वको अवसरमा सवैलाई शुभकामना दिदै दाहालले प्रकृतिलाई विनाश हुन नदिने र रक्षा गर्ने सन्दर्भमा नयाँ प्रण गर्ने दिनको रुपमा रहेको समेत बताए ।
न्यूज समय
१ असार, २०८०, शुक्रबार ००:००