१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिरबाट संचालित टिकट काउन्टर हटाउँदै

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिरबाट संचालित टिकट काउन्टरहरु हटाउन थालेको छ ।
जथाभावी राखिएका टिकट काउन्टरले शहरको सुन्दरता घटाएको, सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको र जथाभावी राखिएका टिकट काउन्टरबाट यात्रुहरु ठगिएको गुनासो आए पछि महानगरपालिकाले शुक्रबार देखि बसपार्क बाहिरका टिकट काउन्टर हटाउन थालेको हो ।
बालाजु, सुन्धारा, कलंकी, गौशाला, कोटेश्वर, लगायतका क्षेत्रहरुबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनको टिक बिक्रि हुँदै आएको थियो ।
बसपार्क बाहिरबाट संचालनमा रहेका सार्वजनिक यातायातका टिकट काउन्टरहरु तत्काल हटाउन यस अघि महानगरपालिकाले सूचना मार्फत जानकारी गराई सकेको थियो ।
काउन्टरहरु हटाउन संभावित सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले नगर प्रहरीहरुसँगै नेपाल प्रहरीको टोली पनि परिचालन गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
यात्रुहरुको सुविधाकालागि नयाँ बसपार्क व्यवस्थापन समितिले यस अघि नै लामो दुरीका सवारी साधनको टिकट अनलाईन सिस्टमबाट काट्न सकिने व्यवस्था मिलाई सकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*